अपडेट 
२०७७ पुष ७, मंगलवार ०८:३१

रौैतहटको गौरमा सोमबार बेलुकी जनता समाजवादी पार्टी नेपालका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन् ।

युवाहरुले संघीय संसद विघटन गरेको विरोधमा प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो । प्रतिनिधि सभा विघटन गर्न गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्या देवी भण्डारीले गरेको अनुमोदन विरुद्ध देश व्यापी रुपमा आन्दोलनको शुरुवात भएको छ । संसद विघटन गर्ने कार्य प्रधानमन्त्रीको असंवैधानिक ,अलोकतान्त्रिक कदम भएको भन्दै चौतर्फी रुपमा आलोचना भैरहेको अवस्थामा सत्ताधारी दलदेखि प्रतिपक्षी दलका नेता कार्यकर्ताहरु विरोधमा उत्रेका छन् । विद्यार्थी नेता ओमप्रकाश साह मधेशियाको नेतृत्वमा रहेका युवाहरुले मधेशी क्रान्ति चौकमा पुतला दहन गर्दै चर्को नारावाजी गरेका थिए ।

युवाहरुले नेकपा नेतृत्वको सरकार आन्दोलनबाट प्राप्त भएका संघियता ,लोकतन्त्र र गणतन्त्रको समाप्त पर्ने सड्यन्त्र अन्तर्गत संसद विघटन गरेको दावी गरेका हुन् ।

Comment


Related News

Latest News

Trending News