अपडेट 
२०७७ पुष ८, बुधबार ०७:४४

जनकपुरधाम जनकपुरधाम उप– महानगरपालिकाले फुटपाथ खाली गराउनकालागि आज जनचेतना मुलक जानकारी गराउने भएको छ ।

पहिलो चरणमा नगरप्रहरीवाट फुटपाथ खाली गर्नकालागि जानकारी गराएका थिए । मंगलवार जनकपुरधाम उप–महानगरपालिकामा बसेको सर्वपक्षिय सर्वदलिय बैठकवाट आज जनचेतना मुलक जानकारी गराई भोली देखि कारवाहीका कार्य गर्नकालागि सुझाव अनुसारनै कार्य अगाडी बढाउने भएका छन् । जनकपुरधाम उद्योग बाणिज्य संघ, चेम्वर अफ कमर्स र स्थानीय युवाहरुको सहभागीतामा फुटपाथ खाली गर्नकालागि सवैले सहयोग गर्ने आश्वासन दिएका थिए । कार्यपालिका सदस्य श्याम साहको संयोजकत्वमा गठन गरिएको समितिले ट्राफिक प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयबासीहरुको सहयोगमा फुटपाथ खाली गराउने र विचबाटो भएर सर्वसाधारण चल्नेलाई फुटपाथ प्रयोग गर्नकालागि आग्रह गर्ने निर्णय समेत गरेको हो ।

Comment


Related News

Latest News

Trending News