अपडेट 
२०७७ पुष ८, बुधबार १४:१३

  भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या बुधबारसम्म एक करोड एक लाखको नजिक पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २३ हजार ९ सय ५० नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ९९ हजार ९ सय ५्० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना संक्रमणको कारण ३ सय ३३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४६ हजार ४ सय ४४ जना पुगेको छ । भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा ९ सय ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको र २५ जनाको संक्रमणको कारण मृत्यु भएको छ । भारतमा कोभिड १९ शुरु भएयता भाइरस संक्रमणको कारण १० हजार ३ सय २९ जनाको मृत्यु भईसकेको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा ९६ लाख ३ सय ८२ हजार व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ८९ हजार २ सय ४० सक्रिय संक्रमित रहेका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १६ करोड ४२ लाख ६८ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही साताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताउनुभएको छ ।

Comment


Related News

Latest News

Trending News