अपडेट 
२०७७ पुष ८, बुधबार १९:५९

गरिव तथा अति विपन्नहरुलाइ विभिन्न समयमा सहयोग गर्दै आएका समाजीक संस्था मुश्लीम समाज सुधार नेपालले महोत्तरीकि एकल महिलालाई किराना पसल उपहार दिएको छ ।

निकै नै गरिव रहेको भंगहा नगरपालिका ८ कि एकल महिलालाई जिवीको पार्जनका लागि किराना पसल खोलेर दिएको संस्थाले जनाएको छ । भंगहा नगरपालिकाका मेयर संजिव कुमार साहको प्रमुख आतिथ्यतामा वितरण गरिएको कार्यक्रममा संस्थाले गरेको सहयोग सराहनीय रहेको भन्दै प्रशंसा गरेका थिए । उनले संस्थाले जिविकोपार्जनका लागि एकल महिलालाई पसलनै खोलेर दिनु समाजका लागि उतकृष्ट कार्य रहेको र यसबाट अरु समाजीक संस्थाले पनि यस्तै पहल गर्नका लागि उतप्रेरणा मिलेको वताए । कार्यक्रममा सो वडाका वार्ड अध्यक्ष रामनरायण मंडल,नेता सरिफ राइन,हाजी हविव राइन,मुश्लीम समाज सुधार नेपालका अध्यक्ष जियाउल राईन,सल्लाहकार युनुस राइन तथा मुश्लीम समाज सुधार नेपालका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News