अपडेट 
२०७७ पुष ९, बिहीबार ०७:३४

नेपाली काँग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले शिक्षा क्षेत्रमा राजनीतिक भएको दुख व्यक्त गरेका छन् ।

शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल), धनुषा नामक संस्थाले बुधबार जनकपुरमा आयोजना गरेको के शिक्षा राजनीतिक मुद्दा हो ? भन्ने छलफल कार्यक्रममा नेता यादवले विद्यालय व्यवस्थापन समिति गठन, शिक्षक सरुवा, शिक्षक नियुक्ती लगायतको विषयमा भइरहेको राजनीतिक हस्तक्षेपले शिक्षाको स्तर खस्किएको स्वीकार गरे । शिक्षाको स्तर उकास्न सबै पक्षको सहयोग जरुरी छ, उनले भने–‘राजनीतिक मात्रै होइन, अन्य सरोकारबाला निकायले पनि आ आप्mनो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’ राजनीतिक आडमा शिक्षकहरुले पनि शिक्षा क्षेत्रलाई तहसनहस पारेको उनले दावी गरे । शिक्षकहरु आप्mनो जिम्मेवारी छाडेर राजनीतिक गर्न लागेका छन्, उनले भने–‘यसको शिकार बालबालिका भइरहेका छन् ।’ प्रदेश र स्थानीय सरकार मिलेर प्रदेश २ को शिक्षाको स्तर सुधार गर्नुपर्ने धारणा उनले राखे ।

शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल, धनुषाका अध्यक्ष कमलेश कुमार मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा प्रअहरुले वर्तमान नीतिले शिक्षा क्षेत्र धाराशायी बनेको दावी गरे । नेपाल शिक्षक युनियन धनुषाका पूर्वअध्यक्ष लालबाबु हाथीले शिक्षा सम्बन्धी नीति नै कमजोर रहेको तर्क गरे । शिक्षक दरबन्दी मिलान भए मात्रै हदैसम्म शिक्षा क्षेत्रमा सुधार हुने दावी उनले गरे । संकटमोचन माविका प्रअ बलराम साहले कोरोना कहरका बीच विद्यालयमा संचालन भएको स्वीकारे ।

आवश्यक मापदण्ड पूरा गरेर पठनपाठन सुचारु गर्ने वातावरण बनाउन सबैले सहयोग गर्नुपर्ने धारणा उनको थियो । कार्यक्रममा डा. धिरेन्द्र कुमार साह, पत्रकार श्याम सुन्दर शशी लगायत विभिन्न विद्यालयका छात्राहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News