अपडेट 
२०७७ पुष ९, बिहीबार १४:५६

जनकपुरधामको शिवचोकस्थित एक सपिङ्ग मलमा भिषण आगलागी हुदा करोडौको क्षति भएको छ । शिवचोकस्थित मिथिला डिपार्टमेन्टल स्टोरमा आज बिहीबार बिहान करिब ११ः१० बजेको समयमा आगलागी भएको आगलगीबाट २ करोड ५० लाख वरावरको क्षति भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारि अनुसार विद्युत सर्किट सर्ट भई भएको आगलागीलाई नियन्त्रण लिनका लागि जनकपुरधाम उपमहानगरपालिकाको बारुण यन्त्र बिग्रेको अवस्थामा रहेकोले आगो नियन्त्रणका लागि विभिन्न चार ठाउँबाट बारुण यन्त्र मगाईएको थियो ।आगलागी नियन्त्रणका लागि धनुषाधाम नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, जनकपुरधाम एयरपोर्ट र महोत्तरीको जलेश्वरबाट बारुण यन्त्र ल्याइएको थियो । चारवटा वारुण यन्त्र तथा नेपाल प्रहरी,शसस्त्र प्रहरी र सेनाको अथक प्रयासमा दुइ घण्टा पछि आगोलाई नियन्त्रणमा लिन सफल भएको थियो ।

आगलगीका कारण डिर्पाटमेन्ट भित्र रहेको कस्मटिक,इलेक्टोनिक,किराना समान र तयारी रेडीमेड कपडामा समेत आगलागी हुदा दुइ करोड पचास लाख वरावरको क्षति भएको संचालक हरीकान्त मिश्रले वताएको छ । आगलगी नियन्त्रण गर्नका लागि प्रहरी उपरिक्षकको कमाण्डमा १ सय ३५ जना ,शसस्त्र प्रहरी स.प्र.नीको कमाण्डमा ३५ जना नेपाली सेनाको कमाण्डमा २५ जना गरी १९५ जनाको टोलीले र विभिन्न स्थान गरी ६ वटा दमकल मगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News