अपडेट 
२०७७ पुष १०, शुक्रबार ०७:१५

विश्वभरमा पाँच करोड ६० लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्ममा पाँच करोड ६० लाख ८६ हजार चार सय १५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा सात करोड ९६ लाख ९१ हजार पाँच सय ९५ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १७ लाख ४८ हजार दुई सय आठ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड १८ लाख ५६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म एक करोड ९० लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ११ लाख आठ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख ३६ हजार आठ सय १२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड एक लाख हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९७ लाख १७ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४७ हजार एक सय २८ जना पुगेको छ । नेपालमा हालसम्म दुई लाख ५६ हजार पाँच सय ९२ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ४७ हजार चार सय जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार आठ सय आठ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News