अपडेट 
२०७७ पुष १०, शुक्रबार ०७:३५

महोत्तरीको गौशाला–१२ स्थित सःमिलबाट गत मंसिर १२ गते बाँके सव डिभिजन वन कार्यालय लक्ष्मीनियाँले तस्करीको काठसहित सञ्चालक भागिरथ राउतलाई पक्राउ गर्यो ।

पक्राउ परेका राउत दुई सतापछि धरौटीमा छुटे । वन ऐन २०७६ अनुसार मुद्दा चलाइएका राउत मसिंर २५ गते ४२ हजार ७ सय ५७ रुपैयाँ धरौटी राखेर छुटेको डिभिजन वन कार्यालय महोत्तरीका ्रमुख हेमन्त साहले बताए । गस्ती टोलीले सःमिलमा छापामारी राउतलाई २५ क्यूफिट अवैध काठसहित पक्राउ गरेका थिए । पक्राउपछि डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख साहले छापामारी मार्दा चिरान गरेको ४० थान सालको कडी बरामद भएको थियो । उक्त काठ नियन्त्रणमा लिने क्रममा चार जना वन कर्मचारी घाइते भएको बताए । तर, स्थानियका अनुसार छापामारीको क्रममा कोहि घाइते भएका थिएनन् । आफन्तले वन कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर राउतलाई दुई सातामा छुटाए । वन कार्यालयले सःमिल र फर्निचर उद्योगमा छापामारी गरी मोटो रकम लेनदेन गरी मुद्दा कमजोर बनाएर पक्राउ गरिएका व्यक्तिलाई छाड्दै आएको छ ।

फर्निचर उद्योगीलाई पक्राउ गर्दा ५ लाख सम्म लिएर छाडने गरेको वनकै कर्मचारीहरु बताउँछन् । सःमिलबाट राउतलाई पक्राउ गर्नु अघि गौशाला–१२ कै पुरानो कान्तिबजारस्थित पोखरीमा तस्करले थुपारेको बेवारिसे अवस्थामा सालको ७० थान टुना गत असोजमा वन कार्यालयले नियन्त्रणमा लिएका थिए । त्यस अघि चैत महिनामा राणटोल नजिक खेतबारीमा विक्रिका लागि लुकाएर राखेको बेबारिसे अवस्थामा सालको टुनाहरु वन कार्यालयले नियन्त्रणमा लिएका थिए । राणाटोलबाट गएको चैत महिनामा प्रहरी चौकी कान्ति बजारले ठुलो परिमाणमा सालको काठ बरामद गरी वनलाई बुझाएको थियो । बरामद काठ सागरनाथ वन विकास परियोजना र जिल्ला वन महोतरीबाट तस्करी गरी ल्याइएको थियो । यहा काठ तस्करी गर्नेलाई वनका कर्मचारी र स्थानिय नेताले संरक्षण गरेका छन् । संरक्षण वापत कर्मचारी र नेताले तस्करबाट आर्थिक लाभ लिने गरेको छ ।

काठ नियन्त्रणमा लिए पनि तस्कारलाई भने् कुनै कारवाही भएन् । महोतरी, सर्लाही र धनुषाको उतरी क्षेत्रमा बन्ने नयाँ घरमा पनि जंगलबाट चोरी÷तस्करी गरी ल्याएको सालको काठ प्रयोग हुन्छ । वन कार्यालयले बिक्रि गर्ने मुल्य भन्दा सस्तोमा घर सम्म तस्करले काठ ल्याइदिएपछि जंगलबाट वन पैदावार सालको काठ तस्करी बढेको छ । महोतरीमा पुर्व–पश्चिम महेन्द्र राजमार्ग भन्दा दक्षिण सागरनाथ वन विकास परियोजनाबाट ल्याइएको समान्य मोटाइ भएको काठ १ हजार प्रति क्युफीट र राजमार्ग भन्दा उतर पट्टीबाट ल्याइएको मोटो र पुरानो सालको काठ प्रति गोटा २ हजार हराहारीमा तस्करले घर सम्मै पु¥याउने गरेको छ । बाँके नदी आसपासमा वन पैदावार तस्करी फस्टाएको छ । सर्लाही र महोत्तरीमा सागरनाथ वन विकास परियोजना र जिल्ला वन कार्यलयबाट दिनहु वन क्षेत्रमा गस्ती हुन्छ । समय समयमा काठ समेत पक्राउ पर्छ । तर, काठ तस्करी भने रोकिदैन ।

जंगलबाट काठ तस्करीमा संलग्न वनका कर्मचारीसंग निकट भएरै तस्करी गर्छन् । सम्बन्ध ठिक भए सम्म निर्वाद रुपमा तस्करी हुन्छ । लेनदेनमा कुरो नमिलेपछि र तस्करीको गुनासो बढेपछि चिनजानकै व्यक्तिलाई वन कार्यालयले पक्राउ गरी कारवाही गर्दै आएको छ । महोत्तरीमा सिन्धुलीबाट सालको काठ तस्करी गरी ल्याएको जिल्ला वन कार्यालय महोतरीका प्रमुख वन अधिकृत साह दावी गर्छन । जिल्ला वनको अघिमा रहेको जंगलमा नियमित हुने गस्तीका कारण तस्करी नियन्त्रण भएको उनले बताए । अधिकृत साहका अनुसार जंगलबाट सालको काठ तस्करी हुने गरेको छ । चालु आर्थिक मसान्तमा तस्करी आरोपमा १६ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । वन कार्यालयले तस्करीको ४ सय क्युफिट सालको काठ बरामद गरेको उनले बताए ।

महोतरीमा २२ हजार २ सय ४६ हेक्टर मध्ये ६ हजार २ सय ४५ हेक्टरमा सागरनाथ वन विकास परियोजना र जिल्ला वनको मातहतमा १६ हजार १ हेक्टर क्षेत्रफल वन छ । तर, वन अतिक्रमण भएको तथ्याङ्क जिल्ला वन कार्यालय संग नरहेको वन अधिकृत साहले बताए । जंगल जोगाउन समुदायलाई समेत संलग्न राउन महोतरीमा ७ हजार ९ सय ४५ हेटकर सामुदायिक वन, ४ हजार ७ सय ९१ हेक्टर साझेदारी वनमा विभाजन गरीएको छ ।

विद्यालय भवनमै तस्करीको काठ
गौशाला नगरपालिका–१२ स्थित राष्ट्रिय उच्च माध्यमिक विद्यलायको भवनमा जंगलबाट तस्करी गरी ल्याएको सालको काठ प्रयोग भएको छ । निवर्तमान शिक्षा मन्त्री गिरीराजमणी पोखरेलको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत विद्यालयलाई उपलब्ध गराएको ५० लाख बजेटबाट निर्माण भएको ४ कोठे भवनमा जंगलबाट तस्करी÷चोरी गरी ल्याएको काठको झ्याल ढोका लगाइएको छ । विद्यालय भवन निर्माण समितिका सदस्यहरु विद्यालयका लागि आवश्यक काठ खरिद गर्न जिल्ला वन कार्यालय र सागरनाथ वन विकास परियोजनाको कार्यालय पुगे । तर, सालको महंगो मुल्य र आवश्यक पर्ने आकारको काठ पाउनै मुस्किल भयो । पटक–पटक वन कार्यालयमा पुग्दा कर्मचारीको व्यवहारसंग आजित शिक्षक र स्थानिय विद्यालय भवन बनाउन जंगलबाट तस्करी गरी ल्याएको अवैध साल पटक पटक खरिद गरे ।

चोरीको काठ स्थानिय स्तरमा सस्तोमा उपलब्ध भएपछि त्यहीका एक फर्निचर उद्योगलाई भ्याट वापतको पैसा संगै अतिरिक्त पैसा दिएर भ्याट बिल समेत बनाए । सरकारी भवनमा जंगलबाट तस्करी गरी ल्याएको काठका लागि चोर बाटो अपनाएर बजेट खर्च भयो । विद्यलायका लागि चोरीको साल गौशला– १२ कै राणा टोल र पुरानो कान्ति बजारबाट खरिद भएको छ । आवश्यक्ता अनुसार दिउँसो माग भएको काठ तस्करले राति ल्याउदिने भएपछि विद्यालयले चिनजानकै तस्करबाट पटक–पटक काठ खरिद गरी भवनमा लगाएका छन् । सरकारी बजेट खर्चेर जंगलबाट तस्करी गरी ल्याएको काठको किर्ते विलमा बजेट भुक्तानी भएको उदाहरण हो ।

Comment


Related News

Latest News

Trending News