अपडेट 
२०७७ पुष ११, शनिबार ०६:५९

नवनियुक्त र नयाँ जिम्मेवारी पाएका १५ मन्त्रीहरुले शपथग्रहण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मन्त्रिपरिषद् हेरफेर र विस्तार गर्नुभएको हो । हेरफेरमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड मन्त्रिपरिषदबाट बाहिरिएका छन् ।नयाँ थपिएका मन्त्रीहरुमा टोपबहादुर रायमाझीलाई ऊर्जा, मणि थापालाई खानेपानी, प्रभु साहलाई सहरी विकास र प्रेम आलेलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, गणेश ठगुन्ना सामान्य प्रशासन, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्री हुनुभएको छ ।यस्तै जुलीकुमारी महतोलाई महिला बालबालिका मन्त्रालयको जिम्मेवारी दिइएको छ । विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बन्नुभएको छ ।

त्यसैगरी प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ । यसअघि स्वास्थ्यमन्त्री रहनुभएका भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयको जिम्मा दिइएको छ । संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनाइएको छ ।महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेले भूमिसुधार मन्त्रालय पाउनुभएको छ । यस्तै भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालय र शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षामन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

Comment


Related News

Latest News

Trending News