अपडेट 
२०७७ पुष १२, आईतवार ०६:४१

विश्वभरमा पाँच करोड ६८ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । आइतबार बिहानसम्ममा पाँच करोड ६८ लाख ८० हजार तीन सय पाँच जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा आठ करोड ६ लाख ७० हजार चार सय २२ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १७ लाख ६४ हजार एक सय ५५ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड २० लाख २६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म एक करोड ९३ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड १३ लाख ९२ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख ३९ हजार सात सय ३० जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड एक लाख ८८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९७ लाख ६० हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४७ हजार ६ सय ५९ जना पुगेको छ । नेपालमा हालसम्म दुई लाख ५७ हजार सात सय जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ४९ हजार एक सय ३२ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार आठ सय १९ जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News