अपडेट 
२०७७ पुष १२, आईतवार ०६:५३

संसद पूनस्र्थापनाको मागगर्दै जनता समाजवादी पार्टी(जसपा)ले महानगर बीरगञ्ज लगायत विभिन्न स्थानहरुमा मसाल जुलुस प्रदर्शन गरेकोछ । प्रदेश २ को एकमात्र महानगर वीरगञ्जको घण्टाघरबाट सुरु भएको मसाल जुलुसले नगरको विभिन्न भागको परिक्रमागर्दै पूनः घण्टाघरमा पुगेर समापन भएको थियो । विघटित संघीय संसदका सांसद प्रदीप यादव, बीरगञज महानगरका मेयर विजय सरावगी लगायत जसपाका नेता, कार्यकर्ताहरुको भारी सहभागिता रहे को थियो ।मसाल जुलुस भइरहेको बेला नगर क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको थियो । जुलुसका सहभागिहरुको हाराहारीमा नै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित रहे को थियो ।

सुरक्षाको अत्यन्त कडा व्यवस्था भएपनि प्रदर्शनकारीहरुले पूर्व निर्धारित मार्गमा प्रदर्शन गरे ।प्रहरीका अनुसार जुलुस शान्तिपूर्ण रुपमा नै सम्पन्न भएको हो । बारा जिल्लाको कलैयामापनि मसाल जुलुस प्रदर्शन भयो ।जसपाका सयौं नेता, कार्यकर्ताहरुको सहभागितामा सदरमुकाम कलैयामा संसल पूनस्र्थापनाकोमागगर्दै मसाल प्रदर्शन गरे ।सुरक्षाकर्मीहरुको बाक्लो उपस्थ्तििमा भएको प्रदर्शनको क्रममा भने कुनै अप्रिय घटना भएन् ।प्रदर्शनकारीहरु र सुरक्षाकर्मी दुवै संयमित देखिएका थिए । रौतहट जिल्लाको गौर लगायत विभिन्न पालिकाहरुमा बिरोध प्रदर्शन गरिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध चर्का नाराबाजीगर्दै संसंद पूनस्र्थापनाको माग गरे का प्रदर्शनकारीहरुले नगरको विभिन्न चोकमा मसाल जुलुस गरे । जुलुसको क्रममा नगर क्षेत्रमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति थियो ।सुरक्षाकर्मीहरुले जुलुसको अगाडी र पछाडीबाट घेरा हालेका थिए ।तर जुलुस प्रदर्शनमा भने कुनै हस्तक्षेप नभएको प्रदर्शनकारीहरुले जनाए । यसैगरि सर्लाही जिल्लाको मलंगवा र पालिकाहरुमा मसाल जुलुस गरिएको हो ।मसाल जुलुसको क्रममा अप्रिय घटना भएन् ।

सशस्त्र र नेपाल प्रहरी भारी संख्यामा परिचालन गरिएको थियो ।सदरमुकाम मलंगवामा दिउँसैदेखि प्रहरी तैनाथी बढाइएको थियो ।प्रदर्शनकारीहरुले विभिन्न चोकहरुमा प्रदर्शन गरे । महोत्तरी जिल्लाको जलेश्वर नगर क्षेत्रमा संसद पूनस्र्थापनाको मागगर्दै सरकार बिरुद्ध मसाल जुलुस भएको छ ।जुलुसका सहभागिहरुले प्रतिगमनकारी भन्दै प्रधानमन्त्रीको राजिनामा माग गरे ।प्रदर्शनमा पालिकाका मेयर र अध्यक्ष लगायत प्रदेश सभासदहरुको सहभागिता रहे को थियो । प्रदेश २को अस्थायी राजधानी जनकपुरधाममा रेलवे स्टेशनबाट सुरु भएको मसाल जुलुस जनक चोकमा पुगेर समापन भएको थियो ।मसाल जुलुसपछि आयोजित कोण सभामा जसपा नगर कमिटी अध्यक्ष विष्णुदेव साह र उपमहानगरपालिकाका वडा अध्यक्ष जानकीराम साहले आन्दोलनलाई सशक्त बनाउन आग्रह गरे । मसाल जुलुसमा प्रदेश सभासद रामअशिष यादव, नेता शेषनारायण यादव लगायतका नेता, कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको थियो । सिरहा जिल्लाको लहान, सिरहा लगायत विभिन्न पालिकाहरुमा समेत मसाल जुलुस प्रदर्शन भएकोछ ।

स्थानीय नेता, कार्यकर्ताहरुको व्यापक सहभागितामा भएको मसाल जुलुसको क्रममा सुरक्षा व्यवस्थालाई अत्यन्त कडा बनाइएको थियो । सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा साँझै जसपाका नेता कार्यकर्ताहरुले मसाल बालेर प्रदर्शन गरे ।मौसम अनुकुल रहेकाले जुलुसमा व्यापक सहभागिता भएको स्थानीयहरुले जनाए ।प्रदर्शनकारीहरुले नगरपरिक्रमा गर्ने क्रममा सरकार बिरोधी नाराबाजी गरेका थिए ।उनीहरुले प्रतिगमनकारी कदमलाई सच्चयाउन मागगर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेका थिए । स ु र क्ष् ा ा क र्म ी ह रु ल े प्रदर्शनकारीलाई अगाडी र पछाडीबाट घेरा हालेका थिए ।प्रदर्शनकारीहरु बीचमा रहेपनि सुरक्षाकर्मीहरुसित कुनै स्थानमा झडपको अवस्था भने आएन् ।शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुलाई सुरक्षाकर्मीबाट कुनै अवरोध भएन् ।प्रदर्शनकारीहरु नेता चो कमा पुगेर जुलुस समापन गरेका थिए ।

जसपा केन्द्रिय समितिले घोषणा गरेको ५ दिने बिरोध कार्यक्रम अन्तरगत जिल्ला सदरमुकाम र पालिकाहरुमा बिरोध प्रदर्शन भइरहेकोछ ।

Comment


Related News

Latest News

Trending News