अपडेट 
२०७७ पुष १२, आईतवार ०७:०४

मुख्यमन्त्री लालबाबु राउतले लैङ्गिक हिंसाको कारण सामाजिक संरचना रहेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार वीरगंजमा आयोजना गरेको लैङ्गिक हिन्सा न्यूनीकरण एव पीडित सहायतामा एकीकृत प्रयासको अपरिहार्यता बिषयक कार्यक्रममा मुख्यमन्त्री राउतले पितृसतात्मक समाजिक संरचनाले लैंगिक हिंसा चुनौतीपूर्ण बनेको बताए । शिक्षाको विकास गरेर हिंसा न्युनिकरण गर्नुपर्नेमा उनले जोड दिए । मुख्यमन्त्री राउतले प्रदेशको सामाजिक संरचनालाई मध्यनजर गर्दै बेटी पढाउ, बेटी बचाउ अभियान सञ्चालन गरेको र उक्त अभियानले लैङ्गिक हिंसा न्यूनीकरणमा मद्द्त पुर्याउने बिश्वास व्यक्त गरे । महिला सशक्तीकरणका लागि प्रदेश सरकारले शिक्षाका साथै हरेक निकायमा समानुपातिक प्रतिनिधित्वका लागी प्रहरी लगायत निजामती सेवामा समेत ५० प्रतिशत आरक्षणको ब्यबस्था गरेको उनको कथन थियो । प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री राउतले लैङ्गिक हिंसा न्यूनीकरण तथा पीडितहरुको न्यायका लागि प्रदेशमा छुट्टै कानुनको आवश्यक्ता औंल्याए ।

हिंसा पीडितको लागि सहायता कक्ष निर्माण गर्नको लागि जिल्ला प्रहरी कार्यालयले थालेको पहलको प्रतिनिधिसभा सदस्य प्रदिप यादवले प्रशंसा गरे । यो अभियान पर्सामा मात्रै नभई प्रदे श २ का आठै जिल्लामा संचालन गर्नुपर्ने धारणा उनले राखे । कार्यक्रममा प्रदे शसभा सदस्य करिमा बेगम, ओमप्रकाश शर्मा, भिमा यादव लगायतले सहायता कक्षको आवश्यक्ता औंल्याएका थिए । सो अवसरमा प्रदेशसभा सदस्य रमेश पटे लले सहायता कक्षको लागि एक महिनाको तलब वापतको पचास हजार रुपैयाँ सहयो ग गरेका थिए । यस्तै वीरगंज महानगरपालिकाका मे यर विजय सरावगीले सहायता कक्ष निर्माण गर्नको लागि जग्गा उपलब्ध गराउने घो षणा गर्दै पाँच लाखको चेक पर्साका प्रहरी प्रमुख गंगा पन्तलाई हस्तान्तरण गरेका थिए ।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले सहायता कक्ष निर्माणको लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । कार्यक्रममा प्रहरी उपरीक्षक गङ्गा पन्तले पर्सा जिल्लामा लैङ्गिक हिंसाको अवस्था बारे प्रस्तुतीकरण गरेका थिए ।

Comment


Related News

Latest News

Trending News