अपडेट 
२०७७ पुष १२, आईतवार १०:२६

प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री सहित तीन जनाले राजीनामा दिएका छन् ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिनुभएको हो । वर्तमान राष्ट्रिय राजनीतिमा घटेका घटनाक्रमका कारणले प्रदेश सरकारको मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको राजीनामा पत्रमा उल्लेख छ ।

यसअघि अस्ति शुक्रबार वाग्मती प्रदेश सरकारकाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो भने आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका थिए ।

Comment


Related News

Latest News

Trending News