अपडेट 
२०७७ पुष १३, सोमबार ०७:३४

संसद् विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आइतबार जनकपुरधाम सहित देशभरि प्रदर्शन गरेको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको थियो । जसपाले यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट पुस १० गते प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गर्ने, पुस ११ गते मसाल जुलुस निकाल्ने र पुस १२ गते बृहत प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेसँगै जसपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको भन्द जसपाका नेताहरुले बिहीबार संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख अग्नी सापकोटालाई बैठक आह्वान गर्न पनि आग्रह गरेका थिए ।

जनकपुरधामको जनकचोकवाट निकलेको जुलुस नगरको विभिन्न भागको परिक्रमा गरि फेरी जनक चोकमा आएर कोणसभामा परिणत भएको थियो । त्यस्तै महोत्तरीको जलेश्वर, सिरहाको लहान र सिरहा, सप्तरीको राजविराज, सर्लाहीको मलंगवा, रौतहटको गौर, बारा कलैया र पर्साको वीरगञ्जमा जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले विरोध जुलुस निकालेका थिए । त्यस्तै काठमाण्डुमा पनि विरोध जुलुस निकालिएको थियो । काठमाण्डुको शान्तिवाटिकाबाट सुरु भएको ¥याली पुतलीसडक, पद्मोदय, भद्रकाली, सुन्धारा हुँदै शान्तिवाटिका पुगेर कोणसभा हुने जसपाले जनाएको छ ।

शान्तिबाटिकाबाट शुरू भएको जुलुसलाई शीर्ष नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, हिसिला यमी, गंगा श्रेष्ठ, नवराज सुवेदी लगायतले नेतृत्व गरेका छन्। यता, नेपाली काँग्रेसले आज देखि सड् कमा उत्रने भनएको छ । नेपाली काँग्रेसले आज देखि आन्दोलन गर्ने जनाइएको छ । पार्टी भित्र आन्दोलनमा जाने नजाने विषयमा गम्भीर छलफल भएपछि उनीहरु आन्दोलनमा आउन लागेको हो ।

Comment


Related News

Latest News

Trending News