अपडेट 
२०७७ पुष १३, सोमबार ०९:२३

चुरे तथा वनजंगल संरक्षण अभियानले प्रदेश २ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय यादवको पुतला दहन गरेको छ ।

प्रदेश २ को मेरुदण्डको रुपमा रहेको चुरे तथा वनजंगल संरक्षण गर्न नसकेको भन्दै अभियानले जनकपुरधामको मिल्स एरियामा मन्त्री यादवको पुतला दहन गरेको हो । स्टेशनबाट निस्केको अभियानको विरोध जुलुस भानु चौक हुदै मिल्स एरियामा पुगेपछि पुतला दहन गरेका थिए । पुतला दहन कार्यक्रम पश्चात कोणसभामा वोल्दै अभियानका संयोजक सुनिल कुमार यादवले प्रदेश २ मा रहेका चुरे जंगललाई विभिन्न व्यक्तिहरुले आफनो नामसारी गराएर जंगल विनाश गर्ने कार्य निरन्तररुपमा भइरहदा पनि प्रदेश २ सरकार चुप लागेर वसेको छ ।

उनले जंगलको दोहन देखि लिएर अवैध गिटी उत्खनन गरेर मधेशलाई मरुभुमी वनाउने कार्यहरु भइरहदा पनि प्रदेश २ सरकार मुकदर्शक भएर वसेको तथा प्रदेशका वनमन्त्रीको प्रत्यक्ष संलग्नतामा भइरहेको समेत उनले आरोप लगाएका थिए ।पुतला दहन कार्यक्रममा अभियानका प्रतिनिधीहरुले पुतला दहन गर्न खोज्दा झडपको माहोल समेत सृजना भएको थियो ।अभियानले चुरे तथा वनजंगलको विनाशक्रम रोक्नका लागि प्रदेश सरकारलाई दवाव स्वरुप यसअघि प्रदेशव्यापी रुपमा आठवटै जिल्लामा आन्दोलनको घोषणा गरेका थिए ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधीसभा विघटन गरेपछि मुलुकमा उत्पन्न परिस्थिकाकारण घोषीत आन्दोलनलाई तत्कालका लागि स्थगीत गरेको थियो ।पुतला दहन कार्यक्रममा अभियानीहरु शनि राय,अमन यादव,लक्ष्मण यादव,पदम गोले,चन्द्रकिशोर यादव,सविता यादव,सुनिल साह लगायतको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News