अपडेट 
२०७७ पुष १३, सोमबार १६:३१

प्रतिनिधीसभा विघटनको विरुद्धमा नेपाली कांग्रेससर्लाहीद्धारा वृहत जनप्रदर्शन गरि आन्दोलन सुरु गरेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको निर्णंय अनुसार जिल्ला कार्यसमित सर्लाहीको आयोजनामा आज सर्लाहीका सबै निर्वाचन क्षेत्रमा आन्दोलन गरेको हो । कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंबैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै यसका विरुद्धमा प्रदर्शन सुरु गरेको हो । सघीय सांसद नागेन्द्र कुमार यादवको अध्यक्षता तथा पुर्व सांसद नेपाली कांग्रेसका केन्द्रिय सदस्य जंगीलाला रायको नेतृत्वमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक कदम बिरुद्ध नेपाली कांग्रेस सर्लाहीले बिरोध प्रदर्शन गरेका छन । सैकडोको संख्यामा नेता कार्यकर्ताहरुले तुल बयानर सहित चर्को नारा लगाउदै आज सदरमुकाम मलंगवामा बिरोध प्रदर्शन गरेका छन । केपी सरकार मुर्दावाद, प्रतिनिधीसभा पुन बहाली गर भन्दै नेपाली कांग्रेस सर्लाहीले प्रदर्शन गरेका थिए ।

प्रतिनिधीसभा विघटनको विरुद्धमा नेपाली कांग्रेस सर्लाहीद्धारा वृहत जनप्रदर्शन नगर परिक्रमा गरि शहिद चोकमा कोन सभामा परिणत भएको थियो । कार्यक्रममा बोल्दै सघीय सांसद नागेन्द्र कुमार रायले भने वर्तमान सरकार आफनो असंविधानिक र गैरलोकतान्त्रिक क्रियाकलापबाट शहिदहरुको बलिदानबाट प्राप्त गणतन्त्रलाई सखाप गर्नखोजेको आरोप लगाउनु भयो । त्यस्तै कोण सभामा बोल्दै केन्द्रिय सदस्य जंगीलालरायले भने हाम्रो आन्दोलन शुरु भईसकेको छ । केपी सरकार अझ पनि सुधरेन भने नेपाली कांग्रेसको आन्दोलनको आधी बेरीले यो सरकार सखाफ हुने रायले चेतावनी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News