अपडेट 
२०७७ पुष १४, मंगलवार ०८:०४

रौतहटको परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले नेकपा नेतृत्वको बहुमतको सरकारले लोकतन्त्र र संविधानको उपहास गरेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ मा गरेको संघीय प्रतिनिधि सभा विघटनको विरुद्ध नेपाली कांग्रेस देशको १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन को कार्यक्रम अन्तर्गत रौतहटको निर्वाचन क्षेत्र नम्बर २ को राजपुर फरहदवामा आयोजित विरोध सभामा सम्वोधन गर्दै मेयर वकिलले जनताको मतको उपहास गर्दै कम्युनिस्ट सरकारले अधिनायकबादको रुपमा प्रस्तुत भएको आरोप लगाए । विभिन्न कालखण्ड भएको आन्दोलनको बलमा स्थापना भएको संघीय लोकतन्त्रलाइ समाप्त पर्ने उदेश्यले संसद विघटन गरिएको जिकिर गर्दै नगर प्रमुख वकिलले कांग्रेस लोकतन्त्र र संविधानको रक्षाको लागि आन्दोलनमा उत्रेको बताए । नेपाली जनताले देशको समृद्धि विकास र संघियताको बलियो बनाउनका लागि नेकपालाइ सरकार नेतृत्वको दिएको जिम्मेवारीको सर्वसत्ताबादी सोच र स्वार्थको कारण संसद विघटन गरिएको बताउदै देशबाट आउने दिनमा कम्युनिस्टको पतन हुने ठोकुवा गरे ।

पहिलो संविधान सभामा कम्युनिस्टका चार बटा प्रधानमन्त्री बने पनि नया संविधान जारी नगर्न सकेको अवस्थामा दोस्रो संविधान सभाबाट नेपाली कांग्रेसले संविधान जारी गरेको उल्लेख गरे । पुष्प कमल दाहाल प्रचण्ड ,डा. बाबुराम भट्टराई , माधव नेपाल ,झलनाथ खनाल जारी गर्न नसकेको संविधान स्वर्गीय शुशिल कोइराला नेपालको संविधान जारी गरेको मेयर वकिलले भने कम्युनिस्ट सरकार संविधानको अस्तित्व नै समाप्त पर्ने षड्यन्त्र गरेको छ । नेपाल र नेपाली जनताको विकास तथा लोकतन्त्रको रक्षा गर्ने एक मात्र पार्टी नेपाली कांग्रेश भएको उहाको भनाइ रहेको छ । नगर प्रमुख वकिलले मधेशवादी दलको नेतृत्वमा रहेका प्रदेश सरकारले स्थानीय सरकार जस्तो विकास निर्माणको कार्य गर्न नसकेको टिप्पणी गरे । प्रदेश सरकारले बजेट खर्च गर्न असफल रहेको दावी गरे । गाउँ गाउँमा सडक नाला, विद्यालय निर्माणमा स्थानीय सरकारको भूमिका रहेको बताए ।

विरोध सभामा पुर्व मन्त्रि महमद आफताव आलम प्रति झुठा मुदा लगाएर फसाएकोले चाडै नै फर्की आउने विश्वास व्यक्त गर्दै न्यायलयले निर्णय गरे अनुसार कांग्रेस निर्वाचनमा जान पछि नहट्ने समेत बताए । कार्यक्रममा राजपुर नगरपालिकाका नगर प्रमुख शेख सकिल अख्तरले नेकपाको सरकारले संविधान को बलात्कार गरेको टिप्पणी गरे । मुलुकमा महिला ,बालिका माथि भैरहेको हत्या ,हिंसा ,बलात्कारको घटनाका नियन्त्रण गर्न नसक्ने सरकारले सदन विघटन गरेर लोकतन्त्र धरापमा पार्न खोजेको आरोप समेत लगाए । रौतहट निर्वाचन क्षेत्र नम्बर २ ख विधान सभाका प्रत्यासी रामचन्द्र गिरिले सरकारको प्रधानमन्त्री ओलीका असंवैधानिक कदम लोकतन्त्र माथिको आक्रमण रहेको बताए । उहाले नेपाल कांग्रेसमय समेत भएको जनाए । नेपाली कांग्रेसका नेता लालबाबु जैसवालले नेकपा सरकारको कार्य संघियता विरोधी रहेकोले नेकपाको विरुद्ध जारी रहेको आन्दोलनमा एकजुट भइ लाग्नु पर्ने जोड दिए ।

काग्रेसका बर्गीय संगठन तरुण दलको जिल्ला अध्यक्ष नौशाद आलमले उद्घोषण गरेको विरोध सभामा नेपाली कांग्रेसका नेताहरुले सरकारको चर्को विरोध गरेका थिए । कार्यक्रममा अधिक संख्यामा कांग्रेसका नेता कार्यकर्ता सहभागी भएका थिए । सदन विघटनको विरुद्ध नेपाली कांग्रेसले गरेको निर्णय अनुसार रौतहटको गौर, गंगा पिपरा, कटहरिया, चन्द्रनिगाहपुरमा विरोध प्रदर्शन गरिएको हो ।

Comment


Related News

Latest News

Trending News