२०७७ पुष १५, बुधबार १६:२८

नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।

पेरिसडाँडामा बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता बिरामी भएर अस्पताल भर्ना भएपछि बैठक स्थगित भएको हो । सीताको स्वास्थ्य बिग्रिएपछि उनलाई अहिले ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको छ । पत्नीलाई अस्पताल भर्ना गरिएपछि प्रचण्ड पेरिसडाँडाबाट मेडिसिटी पुगेका हुन् । दाहाल अस्पताल जानुपरेपछि स्थायी कमिटीको बैठक रोकिएको जनाइएको छ ।

नेकपा विभाजन भएपछि दोस्रो पटक यो समूहको स्थायी कमिटी बस्दै थियो । बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध थप आन्दोलन तय गर्ने तयारी थियो । पेरिसडाँडा पुगेका प्रचण्डलाई पत्नी अस्पताल लगेको खबर आएको थियो । त्यसपछि उनी पेरिसडाँडाका अन्य कार्यक्रममा पनि सहभागी भएनन् । पेरिसडाँडामै आज बिहान भएको अखिल नेपाल महिला संघको भेलालाई दुवै अध्यक्ष दाहाल र माधवकुमार नेपालले सम्बोधन गर्ने तयारी थियो । तर भेलामा खनाल मात्रै उपस्थित भए ।

Comment


Related News

Latest News

Trending News