अपडेट 
२०७७ पुष १५, बुधबार १६:४६

सप्तरी, राजविराज | नेपाल विद्युत प्राधिकरण राजविराज बितरण केन्द्रले लकडाउनदेखी हालसम्मको अवधीमा विद्युत चोरीमा संलग्नबाट तीन लाख रुपैया भन्दा बढी राजश्व संकलन गरेको छ ।

विद्युत चोरी नियन्त्रण अभियानलाई तिब्रता दिएको केन्द्रले गाउँ गाउँमा पुगेर चोरीबाट चलाइएका विद्युतीय सामाग्रि पनि ठूलो संख्यामा जफत गरेको छ । कोरोना जोखिमका कारण जिल्लामा गत चैत १२ देखी गरिएको लकडाउनदेखी हालसम्म विद्युत चोरीमा संलग्न ४२ जनालाई कारवाही गरिएको केन्द्रका प्रमुख आमोद यादवले जानकारी दिए । उनीहरुबाट ३ लाख २ हजार ५ सय ४९ रुँपैया राजश्व असुली भएको उनले बताए । केन्द्रले टिभि, फ्रिज, फ्यान, पानी तान्ने मोटर, तार, कटरलगायतका १ सय ४० थान विद्युतीय उपकरण समेत नियन्त्रणमा लिएको उनको भनाई छ । केन्द्रका इन्जिनियर बिमल प्रसाद साहले विद्युत चोरीमा संलग्नलाई न्यूनतम ३ हजारदेखी विद्युत खपत गरेको युनिटको आधारमा थप जरिवाना गरिएको बताए । उनका अनुसार यस अवधीमा ५० लाख भन्दा बढी वक्यौता पनि उठाइएको छ ।

समयमै महसुल नबुझाउने १ सय ४० जना ग्राहकको लाइन यसअवधीमा काटिएकोमा १ सय २७ जनाबाट ५७ लाख २४ हजार ८ सय ५३ रुँपैया असुली भइसकेको र अन्य बाँकीबाट पनि प्राप्त हुने क्रम जारि रहेको इन्जिनियर साहले जानकारी दिए । राजविराज बितरण केन्द्र अन्तरगत कुल ५१ हजार ९ सय ८७ ग्राहक छन् । विद्युत चोरीमा संलग्नहरुलाई धमाधम कारवाही गर्न थालिएपछि विगतको तुलनामा विद्युत हुकिङ गरेर चोरी गर्नेको संख्या अहिले घट्दै गएको यद्दपी पूर्ण नियन्त्रणमा भने आइनसकेको केन्द्रका प्रमुख यादवको भनाई छ ।

Comment


Related News

Latest News

Trending News