अपडेट 
२०७७ पुष १६, बिहीबार ०७:४५

कोरोना भाइरसका कारण विगत १० महिनादेखि अवरुद्ध रहेको पठनपाठन नियमित भएको छ ।

१० महिना देखि कोरोना भाइरसका कारण आधारभूतदेखि कक्षा १२ सम्मको पठनपाठन अवरुद्ध रहेपनि केहि दिन पूर्व कक्षा ६ देखि १२ सम्म स्वास्थ्य मापदण्ड पूरा गरि कक्षा सञ्चालन गरिएपनि आधारभूतदेखि कक्षा ५ सम्मको पठनपाठन बुधबारदेखि प्रारम्भ भएको जनकपुरधाम उप– महानगरपालिकाले जनाएको छ । उप–महानगरपालिकाकामा शिक्षा महाशाखाले आयोजना गरेको वैठकमा प्रधानाध्यापकहरुले विद्यालय सञ्चालन गर्नका लागि स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूरा गरि सुचारु गर्न सकिने भनेपछि बुधबारदेखि विद्यालय सञ्चालनमा आएको हो । विद्यालयहरु सञ्चालन भएपछि आधारभूतदेखि कक्षा १२ सम्मका बालबालिकाले खुशी व्यक्त गरेका थिए ।

जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साहको अध्यक्षतामा मंगलबार बसेको बैठकवाट स्वअध्ययन सामग्री तथा मास्क सेनिटाइजर विद्यालयहरुलाई वितरण गर्ने, राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम नियमित सञ्चालन गर्ने र विद्यालयहरु पुनः संचालन गर्ने निर्णय गरेका थिए । सो बैठकमा उप–मेयर रीता झा, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खडका, शिक्षा महाशाखाका प्रमुख मिहिलाल यादव, अधिकृत अञ्जु पाण्डे लगायतको उपस्थिति रहेको थियो । प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक माध्यमिक गरि जनकपुरधाम उप– महानगरपालिकामा ४९ वटा विद्यालयहरु रहेका छन् । सवै विद्यालयहरुमा दिवा खाजा पनि सुचारु गरिएको छ ।

उप–महानगरपालिकाले विद्यार्थीहरुलाई पठन पाठन तिर आकर्षण गर्नका लागि दिवा खाजा, दलित र मुस्लिम छात्राहरुका लागि साइकल समेत वितरण गरेको छ । धेरै विद्यालयहरुमा बास्तविक

Comment


Related News

Latest News

Trending News