अपडेट 
२०७७ पुष १६, बिहीबार ०७:४८

जनकपुरका दुई जना युवा व्यवसायी बुधबार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

जनकपुरधाम उप–महानगरपालिका वडा नं. १ बस्ने विमल साह र वडा नं. ११ बस्ने अध्यानन्द साहले बुधबार पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाई जसपा नेपाल, धनुषाका अध्यक्ष पशुपति यादवले पुष्पमाला र टीका लगाएर स्वागत गरेका थिए । जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमका बीच दुवै जनाले विधिवत रुपमा जसपामा प्रवेश गरेका थिए । उनीहरु पेशाले व्यवसायी हुन् । सो अवसरमा पार्टीका जिल्ला उपाध्यक्ष अम्बु साह, सचिव घनश्याम यादव, जिल्ला नेता सत्रुध्न यादव लगायतको नेताहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News