अपडेट 
२०७७ पुष १६, बिहीबार ०७:५१

वीरगञ्ज नाका हुदै भारत लगायत तेस्रो मुलुकसम्म हुने मानव तस्करी तथा चेलीबेटी बेचविखन रोक्न सीमा क्षेत्रमा सरकारी र गैर सरकारी संस्थाहरूले निगरानी बढाएको छ ।

सरकारी र गैरसरकारी संस्थाहरूको निगरानी छल्दै विभिन्न बहानामा चेलीबेटीहरुलाई सीमा कटाउने क्रम भने अझै रोकिन सकेको छैन । केही समय अघि मात्रै मकवानपुरको १६ वर्षिया बालिकालाई झुक्याएर सीमा कटाउनै लागेको बेला उद्दार गरेर परिवारजनलाई जिम्मा लगाएको मानव सेवा आश्रमका सानुमया गुरुङले बताए । गाउँघरका सोझो सिधा बालबालिका तथा महिलाहरुलाई विभिन्न प्रलोभनमा पारेर भारत तथा तेस्रो मुलुक लैजाने क्रम नरोकिएकोले आफूहरुले सधैं चनाखो बनेर सिमा क्षेत्र मा निगरानी गर्ने गरेको उनले बताए ।

पछिल्लो समय केही कम देखिए पनि विभिन्न बहानामा झुक्याएर लैजाने क्रम भने अझै रोकिन नसकेको उनले बताए । सिमा नाकामा कडाइ गरेर मात्र यो समस्या नहट्ने भएकोले ेलीबेटी बेचविखन विरुद्धको सचेतना देशको दुर दराजसम्म अझै प्रभावकारी ढंगले संचालन गर्नु पर्ने खाँचो रहेको उनले बताए । आफूहरुले सिमा नाकाको निगरानी संगै सडकका बालवालिका र बृध्द वृद्धहरुको समेत उद्धार गरेर आश्रमामा आश्रय दिने गरिएको पनि उनले बताए । अहिले सिमा क्षेत्र हुदै हुने गरेको मानव तस्करी तथा चेलिवेटी बेचविखन रोक्ने उदेश्यका साथ सरकारी बाहेक १२ भन्दा बढी गैरसरकारी संस्थाहरू सिमा क्षेत्रमा क्रियाशिल रहेका छन् ।

Comment


Related News

Latest News

Trending News