अपडेट 
२०७७ पुष १६, बिहीबार ०८:०३

विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समुहको प्रदेश नम्बर २ स्तरीय भेलामा महासचिव समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले चरित्रवान नेताहरु अझै नेकपामा नै रहेको दावी गरे ।

ओली समुहका रणनीतिकार सिमित नेता मध्येका महासचिव पौडेलले केही नेताहरुले निजी स्वार्थका लागि सरकारलाई अनिर्णयको बन्दी बनाउन खोजेपछि बाध्य भएर ताजा जनमत लिन चुनावमा जानु परेको बताए । प्रचण्ड–नेपाल समुहले मंगलवार गरेको जिल्ला स्तरीय सशक्त प्रदर्शनको २४ घण्टा नबित्दै ओली समुहले बुधवार प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला गरे ।तर प्रचार गरिए जस्तो सहभागिता भेलामा देखिएन् ।हजारौको सहभागिता रहने दावी गरेको कार्यकर्ता भेलामा केहि सय कार्यकर्ता, समर्थक र सिमित नेताहरुको सहभागिता रहेको थियो । वीरगञ्जको नगर सभागृहमा सम्पन्न भएको भेलामा अर्थमन्त्री पौडेलले बिगतमा भएको नाकाबन्दीको भारतसित झुकेर नभै अडेर प्रतिकार गरेको दावी गरे । ‘ देशको समृद्धी र विकासको लागी हामी अग्रसर भएका छौ’ उनले भने, सरकार अब निर्वाध रुपमा विकास निर्माणको काम अगाडी बढन थालेकोछ । मधेश आन्दोलनमा भारतले गरेको असुविधाहरुलाई झेल्दै झुकेर नभै दृढताका साथ प्रतिकार गरेको मन्त्री पौडेलले जिकिर गरे ।

भेलामा सहरी तथा विकास मन्त्रि प्रभु साहले प्रतिगामी तत्वहरु विभिन्न बहानामा पार्टीका सोझा साझा र इमान्दार नेता, कार्यकर्ताहरुलाई बिगार्ने प्रयास गरिरहेकाले उनीहरुसित टाढा नै बस्न आग्रह गरे । संसद विघटन गरेपछि ओलीलाई प्रतिगमनकारी भन्दै प्रचण्ड–नेपाल समुहमा सकृय रहेका थिए ।प्रधानमन्त्री ओलीले पछिल्लो पटक मन्त्रीमण्डल पूनर्गठनगर्दा साह प्रचण्ड–नेपालको भेलाबाट मोबाइलको स्वीच अझ गरेर सोझै राष्ट्रपति कार्यालय शितल निवास पुगेको आरोप छ । प्रदेश नं.२ मा भएको प्रथम कार्यकर्ता भेलामा प्रदेशको ८ वटै जिल्लाका नेता, कार्यकर्ताहरु सहभागी भएका थिए ।भेलामा पुर्व मन्त्री रघुबीर महासेठले पार्टीको मुलधारमा नै नेता कार्यकर्ताहरु आबद्ध रहेको दावीगर्दै केहि अवसरवादी, दल अदलबदल गर्नेहरु अलग्गिएको दावी गरे । भेलामा कानुन, न्याय तथा संसदीय मन्त्री लिला श्रेष्ठ, महिला बालबालिका मन्त्री जुली महतो, प्रदेश २ का ईञ्चार्ज सत्यनारायण मण्डल, पूर्व सांसद राजकुमार गुप्ता, केन्द्रिय सदस्य बसरुद्दीन अंसारी, जिल्ला अध्यक्ष प्रभु हजरा लगायतका नेताहरुको सहभागिता थियो ।

प्रचण्ड–नेपाल समुहलाई चुनौती दिन गरिएको प्रदेश स्तरीय भेलामा अपेक्षा गरिए अनुरुपको सहभागिता नभएपछि महासचिव पौडेलले आक्रोश व्यक्त गरेका थिए । प्रचण्ड–नेपाल समुहले मंगलवार पर्सा जिल्लामा गरेको ओली सरकार बिरुद्धको प्रदर्शनमा हजारौ मानिसको सहभागिता रहेको थियो ।ओली पक्ष पर्सा जिल्लामा समेत अत्यन्त कमजोर देखिएकोछ । भेलामा सहभागि हुन मन्त्रीहरु हेलिकोप्टरबाट बीरगञ्ज आएका थिए ।प्रचण्ड–नेपाल समुहबाट कार्यक्रम बिथोल्ने प्रयास हुन सक्ने संभावनालाई दृष्टिगतगरि कार्यक्रम स्थल र मुख्य सडकहरुमा कडा सुरक्षाको प्रबन्ध मिलाइएको थियो । मन्त्रीहरु कार्यक्रम सकिए लगतै हेलिकोप्टरबाट नै राजधानी फिरेका थिए ।सरकार बिरुद्ध प्रदेश २ मा सत्तारुढ जनता समाजवादवादी पार्टी( जसपा)लेपनि बिरोध कार्यक्रम सञ्चालनगर्दै आएकोछ ।

Comment


Related News

Latest News

Trending News