अपडेट 
२०७७ पुष १६, बिहीबार १३:२८

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा बानेश्वरको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साले अग्रवाललाई पक्राउ गरेको हो । प्रदेश नं. २ प्रहरी प्रख डीआईजी धिरजप्रताप सिंहका अनुसार पक्राउ परेको अग्रवाललाई काठमाडौं पठाउने तयारी भइरहेको छ । नवलपरासीको लुम्बिनी चिनी मिलले १० करोड भुक्तानी दिन बाँकी छ । 

सो मिलका उद्योगी मनीष अग्रवालले सरकारबाट लिजमा लिएर सञ्चालन गरेका थिए । दुई वर्षअघि उनको निधन भएयता भुक्तानीमा समस्या देखिएको हो ।  अहिले मिल सुनीता गोयलले सञ्चालन गर्दै आए पनि सबै कारोबार अग्रवालमार्फत् हुने गरेको जनाइएको छ।

Comment


Related News

Latest News

Trending News