अपडेट 
२०७७ पुष १६, बिहीबार १६:२१

नेपालमा बिहिबार थप ५३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न स्थानमा रहेको प्रयोगशालामा ६ हजार नमुना परीक्षण गर्दा १९६ महिला र ३३८ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरानाबाट मृत्यु हुनेको संख्या १८ सय ५६ पुगेको छ । नेपालमा थप ४४७ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ५२ हजार ३९९ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल ६ हजार ३ सय ७८ जना आइशोलेशनमा रहदा ३६२ जना क्वारेन्टाइनमा रहेकाछन् ।

नेपालमा हालसम्म १९ लाख ३२ हजार ४७७ वटा पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News