अपडेट 
२०७७ पुष १६, बिहीबार १६:३०

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले न्यून आय भएका सबै मुलुकमा खोप पुर्‍याउने प्रतिबद्धता जनाएको छ। डब्लूएचओका महानिर्देशक डा टेड्रोस अडानोम गेब्रियससले बुधबार नयाँ वर्षको शुभकामना दिँदै न्यून आय भएका सबै मुलुकहरु खोप कार्यक्रमबाट वञ्चित हुन नपर्ने बताउनुभएको हो ।

डब्लूएचओको कोभ्याक्स कार्यक्रमका लागि डब्लूएचओले चार अर्ब अमेरिकी डलरको जोहो गरेको उहाँले बताउनुभयो । कोभ्याक्स कार्यक्रमअन्तर्गत् विश्व स्वास्थ्य संगठनले न्यून आय भएका देशहरुका लागि दुई अर्ब डोज खोप सहुलियतमा प्रदान गर्ने समेत बताउनुभयो ।

नयाँ वर्ष सन् २०२१ को भर्चुअल शुभकाना दिँदै गेब्रियससले खोप नआएसम्म विशेष स्वास्थ्य सतर्कता अपनाउन तथा स्वास्थ्य क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभएको छ ।

Comment


Related News

Latest News

Trending News