अपडेट 
२०७७ पुष १८, शनिबार ०७:५२

विश्वभरमा पाँच करोड ९६ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शनिबार बिहानसम्ममा पाँच करोड ९६ लाख १८ हजार दुई सय ४७ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा आठ करोड ४३ लाख ४९ हजार पाँच सय २३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १८ लाख ३४ हजार तीन सय ५४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड २८ लाख ९६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड ६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड २१ लाख ७२ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख ५६ हजार चार सय एक जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड तीन लाख तीन हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९९ लाख एक हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४९ हजार दुई सय पाँच जना पुगेको छ । नेपालमा हालसम्म दुई लाख ६१ हजार १९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ५३ हजार एक सय सात जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार आठ सय ६४ जनाले ज्यान गुमाइसकेका छन्

Comment


Related News

Latest News

Trending News