अपडेट 
२०७७ पुष १८, शनिबार ०८:१५

विवादित जानकी मन्दिरको पर्खाल भत्काइएको छ ।

केहि दिन पूर्व स्थानीयबासीहरुले पर्खाल निर्माणकालागि मुख्यमन्त्री कार्यालयमा ज्ञापन पत्र दिँदा डिभिजन प्रमुख भगवान झाको संयोजकत्वमा सवै संग सहकार्य गरी पर्खाल निर्माण गर्ने अनुसार शुक्रवार देखि निर्माण गरिन थालिएको सो पर्खाल फेरी भत्काइएको छ । जानकी फुलवारीको पर्खाल निर्माण गर्नकालागि प्रदेश स्तरवाटनै जानकी मन्दिरमा सर्वपक्षिय बैठक सम्पन्न गरि पर्खाल निर्माणको कार्य शुरु गरिएको थियो । तर, शुक्रवार स्थानीय केहि गुण्डाहरु आएर सो पर्खाल भत्काएको हो । पर्खाल बनाउनकालागि बसेको सर्वपक्षिय बैठकमा प्रमुख जिल्ला अधिकारी , जानकी मंदिरको उतराधिकारी महन्थ, जिल्ला समन्वय समिति उप प्रमुख, , Nepal Army Colonel ,नेपाल प्रहरी एसपी , गÞूठी प्रमुख, नापी प्रमुख, शहरी विकास प्रमुख, नेपाल उद्योग वाणिज्य संघ पूर्व र वर्तमान अध्यक्ष, नेपाल चेम्बर ओफÞ कामर्सका अध्यक्ष, नेपाली काँग्रेसका नगर अध्यक्ष मनोज साह , समाजसेवी बैधनाथ साह, पवन ठाकुर, दीपक ठाकुर, धर्मेन्द्र शाह, निर्मल चौधरी, पवन झा, जानकी राम साह, लक्ष्मण पांडेय, हंसराज गुप्ता, स्वामी भरत राय, शूसिल कर्ण, पूर्व सहसचिव विनोद चंद्र, बरिष्ठ पत्रकार सुजित झा, जसपा नेता द्वय सदाशिव मिश्र,अजय झा, नागरिक समाजको अध्यक्ष मुरली मनोहर मिश्रलगायत दर्जनौ जनाको उपस्थिति रहेको थियो ।

सो बैठकमा भएको निर्णय बमोजिम शुक्रवार देखि काम थालिएको तर, सो पर्खाल शुक्रवारनै भत्काइएको भएपनि प्रहरी प्रशासन भने मुक दर्शक बनेको छ । अहिले सम्म पर्खाल भत्काउनेलाई खोजतलास गरिएको छैन् ।

Comment


Related News

Latest News

Trending News