अपडेट 
२०७७ पुष १८, शनिबार १४:३४

चट्याङ लागेर एकै दिन मृत्यु भएका चार जनाका परिवारलाई प्रदेश २ सरकारले जिविकोपार्जनमा सहयोगका लागि जनही १/१ लाख रुँपैया प्रदान गरेको छ ।

प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले शनिबार राजविराजस्थित आफ्नै सम्पर्क कार्यालयमा एक कार्यक्रमबीच मृतक चारै जनाका परिवारलाई राहत स्वरुप १/१ लाख रुँपैयाको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा मन्त्री साहले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सबै सरकारी विद्यालयलाई एक/एक थान थर्मलगन समेत उपलब्ध गराएका छन् । कोरोनाको जोखीम कायमै रहेकाले विद्यालयमा आउने बालबालिकालाई स्वास्थ्य जाँचमा सहयोग पुगोस भन्ने सोचका साथ सानो सहयोग स्वरुप एक एक थान थर्मलगन बितरण समेत गरिएको मन्त्री साहले बताए । चट्याङ लागेर गत असार १५ गते एकै दिन सप्तरीको महदेवा गाउँपालिकाका नकछेदी ठाकुर, बेचन यादव, राजगढ गाउँपालिकाका केसीलाल साह र डाक्नेश्वरी नगरपालिकाकी ललिता देवी यादवको मृत्यु भएको थियो ।

मन्त्री साहले नकछेदीकी पत्नी बिणा, बेचनकी पत्नी रुबी, केसीलालकी पत्नी शिवकुमारी र ललितादेखीका छोरा बिषणप्रसादलाई एक/एक लाखको चेक हस्तान्तरण गरेका छन् ।चट्याङ जस्तो प्रकोपमा परेर मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारका तर्फबाट जिविकोपार्जन स्वरुप सानै रकम भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको मन्त्री साहको कथन थियो । मृतकका परिवारजनले प्रदेश सरकारबाट उपलब्ध गराइएको सहयोग रकमबाट आफूहरुको जिवनयापनमा सहज हुने भन्दै खुशी व्यक्त गरेका छन् । मृतक बेचन यादवकी पत्नी रुबीले भनिन्, विपत्तिमा परेका हाम्रालागि प्रदेश सरकारबाट गरिएको सहयोगले गुजारा चलाउन सहज भएको छ । मृतकका परिवारलाई रकम तथा विद्यालयलाई थर्मलगन बितरणका अवसरमा प्रदेशसभा सदस्यद्वय नेत्रविक्रम साह र विदेश्वर यादव बिक्की समेत सहभागि रहेका थिए ।

Comment


Related News

Latest News

Trending News