अपडेट 
२०७७ पुष १९, आईतवार ०७:१६

विश्वभरमा ६ करोड ७४ हजारभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । आइतबारबिहानसम्ममा ६ करोड ७४ हजार एक सय १४ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा आठ करोड ४९ लाख ३९ हजार दुई सय ७८ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १८ लाख ४२ हजार सात सय २२ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड ३० लाख ५१ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड आठ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड २३ लाख २२ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख ५८ हजार पाँच सय पाँच जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड तीन लाख २४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९९ लाख २६ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४९ हजार चार सय ७१ जना पुगेको छ । नेपालमा हालसम्म दुई लाख ६१ हजार चार ३८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ५३ हजार आठ सय ५७ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार आठ सय ७० जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News