अपडेट 
२०७७ पुष १९, आईतवार १६:५२

नेपालमा आइतबार थप ४२१ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको ५ हजार ८ सय परिक्षणका क्रममा ४२१ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

त्यस्तै उपत्यकामा थप १९७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १६०, भक्तपुरमा ११ र ललितपुरमा २६ संक्रमित भेटिएका हुन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेकाो छ । त्यस्तै थप ६३७ जना संक्रमण मुक्त भएका छन् । यो संगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ । नेपालमा कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ भने हालसम्म १८७८ जनाको कोरोनाका कारण मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसाार नेपालमा हाल ५ हजार ४८७ जना आइशोलेशनमा छन् भने ३६७ जना क्वारेन्टाइनमा छन् । हालसम्म १९ लाख ४८ हजार ५०२ पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News