अपडेट 
२०७७ पुष २०, सोमबार ०७:४०

रौतहटको चन्द्रपुर नगरपालिकाको मिलोमतोमा करोडौ राजस्व छली गरेको चौधरी कन्स्ट्रक्सनले रेल्वेमा पनि गुणस्तरहीन काम गरिरहेको तथ्य सार्वजनिक भएको छ ।

गत आर्थिक वर्षमा चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बेतौना स्थित लुम्बिनी एपेक्स खानी जे.भि.को २ नम्बर प्याकेजको पेटि कन्ट्रयाक्ट लिएको चौधरी कन्स्ट्रक्सनले रेल्वे ट्रयाकमा ४ लाख घनमिटर भन्दा बढी नदिजन्य पदार्थ (ढुङ्गा,गिट्टी र वालुवा) (रिभर वेड) २ नम्बर प्याकेजमा हालेको थियो । सोही पेटि ठेकेदार कम्पनीले ३ नम्बर प्याकेज र १ नम्बर प्याकेजमा सप्लाई दिएको थियो । चौधरी कन्स्ट्रक्सनले गत आर्थिक वर्षमा चन्द्रपुर नगरपालिका अन्तर्गतको चाँदी खोला ठेक्का लिई एउटा घाटबाट ६० हजार घनमिटरको दरले ३ वटा घाटको १ लाख ८० हजार घनमिटरको राजश्व बुझाई बाँकी नदिजन्य पदार्थको राजश्व नबुझाई चन्द्रपुर नगरपालिका.सँगको मिलेमतोमा उक्त नदिजन्य पदार्थ रेल्वे ट्रयाकबेडमा हालेको स्रोतले जानकारी दिएको छ । चन्द्रपुर नगरपालिकामा ुझाएको राजश्वको तुलनामा १ लाख ८० हजार घनमिटर भन्दा माथिको क्वान्टिटिमा राजश्व छली भएको छ ।

प्रती एक घनमिटरमा ३५.२८ सेफ्टिको दरले सबै प्याकेजलाई सप्लाई दिएको चौधरी कन्स्ट्रक्सनले करिव ३ लाख साठी हजार घनमिटर अर्थात १ करोड २७ लाख ८ सय सेफ्टी नदिजन्य पदार्थको गतवर्षको प्रती सेफ््mटी राजश्व ४ रुपैयाँ ५० पैसाका दरले ५ करोड ७१ लाख ५३ हजार ६ सय रुपैयाँ राजश्व छली गरेको देखिन्छ । वातावरणीय अध्ययन प्रतिवेदन अनुसार गत आर्थिक वर्ष चन्द्रपुर नगरपालिकाले चाँदी खोलाबाट १ लाख ८० हजार घनमिटर नदिजन्य पदार्थ मात्र उत्खनन गर्ने कानुनी प्रावधान रहेको थियो । तर चौधरी कन्स्ट्रक्सनले कानुनी प्रावधान मिचेर चन्द्रपुर नगरपालिका सँगको मिलेमतोमा चाँदी खोलाबाट यसरी करोडौं राजश्व छली गरेको थियो । सोही कन्स्ट्रक्सनले यस आर्थिक वर्ष पनि १ नम्बर पाकेज अन्तर्गत जंगल क्षेत्रमा कानुनी प्रावधान मिचेर वन क्षेत्रको रुख रातारात गायव गरि ट्रयाक बेड निर्माण गरेको समाचार पत्रपत्रिकामा प्रकाशित भएपछि जसको फलस्वरूप सो कन्स्ट्रक्सनको वन क्षेत्रमा स्थापित क्याम्प डिभिजन वन कार्यालय चन्द्रपुरले हटाएको वनले जानकारी दिएको छ । रौतहट गौर सडक खण्डको चन्द्रपुर नगरपालिका वडा नम्बर .८ छेउबाट लामा गोल्डेनगुड जे.भिको पेटि कन्ट्रयाक लिएको चौधरी कन्स्ट्रक्सनले मापदण्ड भन्दा विपरीत गुणस्तरहिन काम गर्दै आएको जन गुनासो भएपछि जिल्ला प्रशासन कार्यालयबाट अनुगम समेत आएको थियो ।

तर उक्त निर्माण स्थलमा कोहि नदेखेपछी अनुगमन टोलि नजिक कै अर्को साईटमा स्थलगत निरीक्षण गरेर फर्किएको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ । अनुगमन आउँदा कोहि नदेखिएको सो साईटमा पुनः कार्य आरम्भ भएको छ । हाल भने बेलुकीपख मात्रै नदिजन्य पदार्थ नजिकैको चाँदी खोलाबाट हाल्ने गरेको तथा साँझ परेपछी मात्र मापदण्ड विपरीत गुणस्तरहिन काम गरेको स्थानीय जनस्तरबाट गुनासो आएको छ ।

Comment


Related News

Latest News

Trending News