अपडेट 
२०७७ पुष २०, सोमबार ०७:४५

रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर २ स्थित प्रतिबन्धित लागुूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाले सुराकीको आधारमा गरुडा न.पा. वडा नं.२ स्थित गेडही बिनगरा सडकखण्डमा लागुऔषध गाँजासहित पक्राउ गरेको हो । प्रहरीले सडकखण्डमा आवत जावत गर्ने व्यक्ति तथा सवारी साधन चेक जाँच गर्ने क्रममा गेडही तर्फ आउँदै गरेको ना ५६प २६५५ नं.को निलो रंगको अपाचे मोटरसाइकल चालकलाई खानतलासी गर्दा पिठ् यूमा बोकेको कालो रंगको झोला भित्र ५ किलो गाँजा बरामद गरेको ईप्रका प्रमुख डिएसपी रवि रावलले बताए ।

पक्राउ पर्नेमा रौतहट साविक गढो गा.वि.स. वडा नं.९ घर भई हाल चन्द्रपुर न.पा.वडा नं.७ सकुमबासी टोल बस्ने कैलाश सहनीको छोरा २ ९ वर्षीय रामविश्वास सहनी रहेका छन् । मोटरसाइकलसहित सहनीलाई पक्राउ गरी रौतहट जिल्ला अदालतबाट दिन सात दिनको म्याद थप गरी न्यायीक हिरासतमा राखी अनुसन्धान कार्य भईरहेको ईप्रका गरुडाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News