अपडेट 
२०७७ पुष २१, मंगलवार ०७:२५

जनता समाजवादी पार्टी नेपाल प्रदेश २ का संसदीय दलका उपनेता रामअशिष यादवले आप् mनो बुवाआमाको नाउँमा प्रतिष्ठान स्थापना गरेका छन् ।

‘स्वच्छ मधेश समृद्ध प्रदेश’ नाराका साथ प्रदेशसभा सदस्य यादवले रामलखन दौलतिया समाजिक प्रतिष्ठान स्थापना गरेका हुन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार उक्त प्रतिष्ठानको शुभारम्भ गरेका हुन् । अध्यक्ष यादव सोमबार प्रदेशसभा सदस्य यादवको नीजि निवास जनकपुरधाम उप– महानगरपालिका वडा नं. १७ कनकपट्टी पुगेका थिए । मृतक आत्माको चिरशान्तिको कामना गर्दै अध्यक्ष यादवले शोकाकुल परिवारप्रति समवेदना प्रकट गरे । यस दुखद घडीमा शोकसन्तप्त परिवारलाई माता जानकीले शक्ती प्रदान गरुन् भने कामना समेत उनले गरे ।

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, जसपा नेपालका प्रदेश सदस्य शेषनारायण यादव, जिल्ला अध्यक्ष पशुपति यादव, जिल्ला सचिव घनश्याम यादव, नेपाल बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जीतेन्द्र कुमार यादव लगायतको उपस्थिति रहेको थियो । प्रदेशसभा सदस्य यादवको आमा दौलतिया देवीको निधन भएको १२औं पुण्यतिथिमा सो प्रतिष्ठान शुभारम्भ गरिएको परिवारजनले बताए । प्रदेशसभा सदस्य यादवको आमा दौलतिया देवीको ९५ वर्षको उमेरमा गएको पुस १० गते निधन भएको थियो ।

Comment


Related News

Latest News

Trending News