नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को गुटगत विवाद प्रदेश २ को प्रदेश सभामा प्रवेश गरेकोछ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव कुमार नेपाल (प्रचण्ड–नेपाल) समुहले दलका नेता सत्यनारायण मण्डल उपर विश्वास नरहेको प्रस्ताव संसदीय दलका उपनेता रामकुमार यादवको मार्फत दलमा दर्ता गराइसकेकोछ । उपनेता यादवले प्रदेश संसदीय दलको बैठक मंगलवार दिउँसो १ बजे बोलाएका छन् ।प्रदेश सभास्थित दलको कार्यालयमा बैठक बस्ने भनिएकोछ । ‘दलको बैठक संसदीय दलको कार्यालयमा बस्ने जानकारी आएकोछ’ प्रदेश सभा सदस्य सत्रुधन महतोले भने, दलको नेता उपर लगाइएको अविश्वास प्रस्ताव छलफलको मुख्य एजेण्डा रहेकोछ । प्रदेश २ मा नेकपाको ३२ जना सभासद रहेका छन् ।ती मध्ये १९ जनाले प्रचण्ड–नेपाल समुह तर्फ हस्ताक्षरगरि दलको नेताबाट मण्डललाई हटाउन अविश्वास प्रस्ताव लगाएका छन् । तर संसदीय दलको बैठकबारे दलका नेता सत्यनारायण मण्डलले अनभिज्ञता प्रकट गरे ।‘संसदीय दलको नेता म हुँ’उनले भने, तर मैले दलको बैठक बोलाएको छैन्, र मलाइ बैठकको विषयमा कुनै जानकारी छैन् । पार्टी भित्रको अर्को समुहल ैठक डाकेको हुन सक्ने उनले स्वीकारे ।
‘हालको अवस्थामा उनीहरुको पक्षमा १७ जना सभासद देखिएपनि मंगलवार सम्म पूर्व माओवादी तर्फका ३÷४जना हाम्रो पक्षमा आउने बलियो संभावना छ ’उनले भने, त्यसका लागि मन्त्री प्रभु साहले पहल गरिरहेका छन् । पूर्व एमालेका रौतहट र सिरहा जिल्लाका १÷१ जना मात्र उनीहरु तर्फ लागेको मण्डलले बताए । दलको बैठकबाट मण्डललाई बहुमतले हटाइएको निर्णय मंगलवार नै प्रदेश सभा सचिवालयमा दर्ता गरिने तयारी भएकोछ । प्रमुख प्रतिपक्षी दलका नेताले प्रदेश सभाबाट राज्यमन्त्री भन्दा माथि र प्रदेश मन्त्री भन्दा कम तलब, सुविधा पाउने गरेका छन् ।प्रदेश २ मा हाल प्रमुख प्रतिपक्षी दल नेकपा नै रहेकोछ । औपचारिक रुपमा पार्टी विभाजन नभइसकेको अवस्थामा बहुमतको निर्णयबाट दलको नेता चुनिने सभासद नै प्रमुख प्रतिपक्षको नेताको सेवा सुविधा पाउने छन् । संसदीय दलको नेतामा हाल कसैको नाम खुलाइएको छैन् ।दलको बैठकबाट नै नेता चयन हुने सभासदहरुले जनाएका छन् ।
दलको बैठकबाट बहुमतले नेतालाई हटाइएको जानकारी प्रदेश सभालाई दिएपछि अर्को पक्षले दावी नगरे नेता परिवर्तन हुने प्रदेश सभाका सचिव रञ्जित यादवले जनाए । ‘ससदीय दलको नेतामा बहुमतबाट भएको निर्णयलाई नै मान्यता दिइनेछ ’उनले भने, तर अर्को पक्षलेपनि दावी गरे सनाखत गर्नुपर्ने अवस्था आउन सक्छ । नेकपा संसदीय दल विभाजित भए प्रदेश सभामा नेपाली काँग्रेस ससदीय दलका नेता प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पुग्नेछन् । काँग्रेसको १९ जना सभासद छन् ।दलका नेता रामसरोज यादव रहेका छन् ।प्रदेश सभा गठनपछि यादव प्रमुख प्रतिपक्षका नेता थिए ।तर एमाले र माओवादी एकिकृत भएपछि नेकपा ससदीय दलका नेता मण्डल प्रमुख प्रतिपक्षी दलका नेता बनेका थिए ।
नेकपा विभाजित भएपछि प्रदेश १का संसदीय दलका नेता मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशका नेता मुख्यमन्त्री डोरमणि पौडेलमाथि अविश्वासको प्रस्ताव दर्ता भइसकेकोछ ।



