अपडेट 
२०७७ पुष २१, मंगलवार ०७:३३

प्रदेश २ सरकारले बलिदानी दिवस अस्थायी राजधानी जनकपुरधाममा मनाउने निर्णय गरेको छ ।

माघ ५ गते प्रदेश सरकारले बलिदानी दिवस मनाउने गरेको छ । पटक–पटक भएको मधेश आन्दोलनमा शहिद भएकाहरुको सम्झानमा प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस मनाउदै आएको छ । यस वर्षको बलिदानी दिवस सम्पन्न गर्न प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको संयोजकत्वमा तीन सदस्यीय समिति समेत गठन गरेको छ । समितिको सदस्यहरुमा समाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय यादव सदस्य रहेका छन् ।

यस वर्ष बलिदानी दिवस जनकपुरमै मनाउने प्रदेश सरकारले निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयल जनाएको छ । यस अघिका वर्षहरुमा सिरहा र बीरगञ्जमा बलिदानी दिवसको आयोजना भईसकेको छ ।

Comment


Related News

Latest News

Trending News