अपडेट 
२०७७ पुष २१, मंगलवार १६:५९

नेपालमा मंगलबार थप ५२२ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थव ८ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १८ सय ९३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै ५७८ जना कोरोनामुक्त भएका छन् । हालसम्म २ लाख ५५ हजार ६६६ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल ५ हजार २२५ जना आइशोलेशनमा छन् भने ३४२ जना क्वारेन्टाइनमा छन् । हालसम्म १९ लाख ५७ हजार ४५४ वटा पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News