अपडेट 
२०७७ पुष २२, बुधबार १६:४२

नेपालमा बुधबार थप ४०९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधवार ४ सय ९ जनामा कोरोना संक्रमित थपिएको जानकारी दिनुभएको हो ।

काठमाडौं उपत्यकामा थप २३३ जनामा कोरोना देखिएको छ । उहाका अनुसार भक्तपुरमा २४, ललितपुरमा ५० र काठमाडौंमा १५९ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण १८ सय ९९ पुगेको छ । त्यस्तै थप ४९५ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ५६ हजार १६१ निको भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । नेपालमा हाल ५१ सय ३३ जना आइशोलेशनमा छन् भने ३४२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १९ लाख ६४ हजार १६० वटा पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News