अपडेट 
२०७७ पुष २३, बिहीबार ०७:३८

महिला बालबालिका मन्त्री जुली महतोले धनुषाको धनौजी गाउँपालिका स्थित रहेको पुलको उदघाटन गर्ने कार्यक्रम रहेकोबेला स्थानीयले शिलालेख लगाउने पर्खाल भत्काएर विरोध जनाएका छन् ।

धनुषा निर्वाचन क्षेत्र नं. ३ मा पर्ने धनौजीको अड्डा टोल स्थित रहेको पुलको विहीवार मन्त्री महतोले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । मन्त्री महतो सम्वन्धित मन्त्रालयको मन्त्री नरहेको र सरकारले निर्वाचनको मितितिथि तोकिसकेको बेलामा मन्त्रीले सस्तो लोकप्रियता कमाउनकालागि पुलको उद्घाटन गर्न लागेको भन्दै स्थानीयहरुले विरोध स्वरुप शिलालेख लगाउने पर्खाल भत्काएका छन् । मन्त्री महतो मन्त्री भएलगतै धनुषा निर्वाचन क्षेत्र नं. ३ मा उद्घाटन र शिलान्यासका कार्यक्रमलाई तिव्रता दिएका छन् । मन्त्री महतोले भोटतान्नकालागि उद्घाटन गर्नलागेको भन्दै स्थानीयहरुले शिलालेख भत्काउनुका साथै विहीवार हुने कार्यक्रममा व्यापक विरोध प्रदर्शन गर्ने जनाएको छ । नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य रामनाथ यादवले निर्वाचनको समय तोकिएको अवस्था र सम्वन्धित मन्त्रालयका मन्त्री समेत नरहेका कारण अहिले उद्घाटनको कुनै औचित्य नगरेको भन्दै मन्त्रीको उद्घाटनको कडा विरोध जनाएका छन् ।

यता, मन्त्री महतोलाई अवेर राति सम्म शिलालेख लगाउने पर्साल भत्काइएको बारेमा केहि जानकारी थिएन् ।

Comment


Related News

Latest News

Trending News