अपडेट 
२०७७ पुष २३, बिहीबार ०७:४२

वीरगञ्ज । समाजिक विकास मन्त्री नवल किशोर साहले पर्सा जिल्लाको अवलोकन गर्ने क्रममा बीरगंज महानगरपालिका वडा नं.२५ मा ३२ लाखको लगानीमा वृद्धाआश्रम बनाउने घोषणा गरेका छन् ।

गाउँपालिकातिर अव्यवस्थित रहेको शैक्षिक क्षेत्रलाई उकास्ने प्रक्रिया लगायतका जिर्ण अवस्थामा रहेको विद्यालय र मदर्सा पुर्ननिर्माण गरिने मन्त्री साहले बताए । प्रदेशसभा सदस्य समेत रहेका जनता आवासका प्रमुख रमेश प्रसाद कुर्मीको आयोजनामा भएको कार्यकर्ता भेला तथा पर्सा निरिक्षण कार्यक्रममा सांसद कुर्मीले पर्सा क्षेत्र भित्र रहेका अव्यवस्थित सडक, नाला निर्माण सँग–सँगै विकासको कार्य अगाडी बढाउने बताए । साथै योजना अनुसारका जनता आवास दलित समुदायहरुमा डोम, मेस्तर, हल्खोर, लगायतका अशक्त र असहाय व्यक्तिहरु लाई जनता आवास बनाई बास दिने सभासद कुर्मीको अगामी योजना रहेको छ । मन्त्री साहले कार्यकर्ता बिच गरेको घोषणा एक वर्ष भित्र पुरा गरिने सांसद कुर्मीले बताए

Comment


Related News

Latest News

Trending News