अपडेट 
२०७७ पुष २३, बिहीबार ०७:४८

महोत्तरीको मटिहानी नगरपालिका वड़ा नं. ७ मा तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत श्रीराम जानकी परिक्रमा धर्मशाला भवनको शिलान्यास गरिएको छ ।

प्रतिनिधि सभा सदस्य चन्दा चौधरी र मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले संयुक्त रुपमा धर्मशालाको शिलान्यास गरेका छन् । ३५ लाखको लागतमा उक्त धर्मशाला निर्माण हुने भएको छ । शिलान्यास कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ प्रदेश नं. २ का केन्द्रिय सदस्य विजय साह, महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद गुप्ता, वड़ा नं. ६,७ र ८ का वड़ाध्यक्ष लगायत राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीविहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News