अपडेट 
२०७७ पुष २३, बिहीबार १५:४२

बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन कृषि तथा पशुपन्छी मन्त्रालयले आग्रह गरेको छ ।

भारतका विभिन्न ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि भएपछि तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले मातहतका ७ वटा सीमा नाका कार्यालयलाई बुधबार पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ । मन्त्रालयका प्रवक्ता डा.श्रीराम घिमिरे कुखुराजन्य वस्तुको आयातमा रोक लगाउँदै उच्च सतर्कता अपनाउन नाकामा रहेका क्वारेन्टाइन कार्यालयलाई निर्देशन दिइएको जानकारी दिए ।

उनले भने,“नेपालमा भारतको हिमाञ्चल प्रदेशबाट बर्डफ्लू भित्रिने सम्भावना उच्च रहेको छ । संक्रमणलाई ध्यानमा राख्दै केही समय हिमाञ्चलसँगै भारतबाट भित्रिने कुखुराजन्य प्रजातिका वस्तुको आयातमा रोक लगाइएको हो ।” उनका अनुसार सीमा नाका कार्यालयसँगै मन्त्रालयले तराईका केही जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउँन समेत आग्रह गरेको छ ।

उनले भने,“खुला सीमानाका हुँदा सीमाभन्दा बाहिरबाट कुखुरा भित्रने सम्भावना उच्च रहेको छ, बर्डफ्लू नियन्त्रण आदेशको अधिकार प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीलाई सम्पर्कमा बस्न आग्रह गरिएको हो, लुकाएर ल्याइएका कुखुरा नष्ट गर्ने, कुखुरा ल्याउनेलाई कारबाहीको सम्पूर्ण अधिकारी जिल्लाका प्रमुखलाई रहन्छ ।”

मन्त्रालयले काँकडभिट्टा, वीरगञ्ज, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, कैलाली तथा गड्डाचौकी नाका, प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे प्राविधिक तथा अन्य स्रोत साधनको प्रयोग र थप जनशक्ति माग गर्न विशेष निर्देशनसमेत दिएको छ ।

Comment


Related News

Latest News

Trending News