अपडेट 
२०७७ पुष २४, शुक्रबार ०७:००

विश्वभरमा ६ करोड ३५ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्ममा ६ करोड ३५ लाख ७२ हजार ८५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा आठ करोड ८४ लाख ४६ हजार दुई सय ७२ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १९ लाख पाँच हजार ६२ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड २९ लाख ६९ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड २१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ३१ लाख २० हजारभन्दा बढी निको भएका छन् भने तीन लाख ७३ हजार सात सय जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड चार लाख १४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड ३६ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५० हजार ६ सय ६ जना पुगेको छ । नेपालमा हालसम्म दुई लाख ६३ हजार ६ सय पाँच जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ५६ हजार ६ सय ४४ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार नौं सय तीन जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News