अपडेट 
२०७७ पुष २४, शुक्रबार ०७:१०

कागज निर्यात गर्ने नेपालको सबै भन्दा ठूला एभरेष्ट पेपर मिल्सका कामदार, कर्मचारीहरुले लामो समयदेखि तलब नपाउँदा हडतालमा उत्रेका छन् ।

कामदारहरुले मिलको क्षिरेश्वर नगरपालिका स्थित उद्योगको मुल गेटमा टायर बालेर बिरोध प्रदर्शन गरेका छन् ।मिल सञ्चालकहरुले कर्मचारीहरुको तलब भुक्तानीमा चासो देखाएका छैनन् । कारखानामा दैनिक ज्यालादारीमा कार्यरत झण्डै चार सय कर्मचारीको तलब रोकेकोछ ।ज्यालादारी कर्मचारीलाइ तलब समेत नदिई निमित्त मिल व्यवस्थापक सन्तोष दाहालले अत्यावश्यक कर्मचारी, सुरक्षागार्ड बाहेकलाई विहिवारदेखि जगेडामा राखिको सुचना जारी गरेका छन् । उच्च स्रोतका अनुसार मिल सञ्चालकहरुले उद्योगलाई बन्दगरि जग्गा बिक्री गर्ने तयारी गरेका छन् ।‘क्षिरेश्वरनाथ नगरपालिका क्षेत्रमा जग्गाको मुल्य अकासिएपछि उद्योगले चर्चेको क्षेत्र प्लटिंगगरि बिक्री गर्ने योजना सञ्चालकको छ ’स्रोतले भने, दैनिक ज्यालादारी कर्मचारीहरुले गरेको हडताल उद्योग सञ्चालकलाई थप मद्दत गरेकोछ । ‘उद्योग सञ्चालनका लागि कच्चापदार्थ र ब्याइलर सञ्चालनका लागि इन्धनको अभाव भएकोछ’ दाहालले जारी गरेको सुचनामा भनिएकोछ , कच्चा पदार्थ र इन्धनको जोहो गर्न आर्थिक अभाव समेत भएकोछ ।

विशेष परिस्थिति उत्पन्न भएकोले तत्काल उत्पादन कार्य गर्न नसक्ने भएकोले श्रम ऐन २०७५को दफा १५ अनुसार मिति २०७७ पुस २३ गतेदेखि मर्मत संभार गर्ने कर्मचारी ,सुरक्षागार्ड र अत्यावश्यक कर्मचारी बाहेकलाइ जगेडामा राखिएको दाहालले जनाएका छन् । मिल सञ्चालकले उद्योग बन्द गर्न नै एक वर्षदेखि विभिन्न प्रकारको प्रायोजित समस्या सृजनागर्दै आएको कर्मचारीहरु बताउँछन् । उनीहरुले कोरोनाको कहरमा समेत पारिश्रमिक नदिएको देखेसो पोखेका छन् ।‘मिल सञ्चालकहरुले योजनाबद्ध रुपमा मिल बन्द गर्न लागेका छन्’ एकजना कर्मचारीले भने, मिल बन्दगरि जग्गा प्लटिंगगरि बिक्रीको तयारी छ । गुणस्तरीय कागज उत्पादन गर्ने एभरेष्ट पेपर मिलले विभिन्न देशहरुमा कागज निर्यात गर्ने एकमात्र उद्योग हो । एभरेष्ट कार्डबोटर्डबाट सुरु भएको एभरेष्ट पेपर मिलका सञ्चालकहरुले चिनी, औषधी, बिजुली लगायत दर्जनौ उद्योगहरु सञ्चालन गरिरहेका छन् । कौडीको भाउमा जग्गा खरिदगरि उद्योग लगाउने र जग्गाको मुल्य बढेपछि उद्योग नै बन्दगरि जग्गा बिक्री गर्ने उद्योगी सर्राफ परिवारले रणनीति बनाएको बताइन्छ ।

समाजिक क्षेत्रमा कुनै कार्य नगर्ने समाजिक सेवामा अनिवार्य लगानी गर्नुपर्ने काममा समेत लगानी नगर्ने सरार्फ परिवारले सयौं कामदार, कर्मचारीलाई अलपत्र पार्ने तयारी गरेका छन् ।

Comment


Related News

Latest News

Trending News