२०७७ पुष २४, शुक्रबार ०७:२४

लहान । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) सिरहाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीको बिहीबार पुत्ला दहन गरिएको छ ।

सिरहाको गोलबजारमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुत्ला दहन गरिएको हो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा अनेरास्ववियू सिरहाले पुत्ला दहन गरेको हो । पुस २९ गतेसम्म विरोधस्वरुप अनेरास्ववियूले बयलगाडा प्रदर्शन, सडक नाटक प्रदर्शन, मन्त्रीलाई कालो झन्डा देखाउने तथा देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने लगायतका कार्यक्रम राखेको अनेरास्ववियूका केन्द्रिय सदस्य पुजन सिंहले जनाए । आन्दोलनको तेस्रो दिन बिहीबार प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको हो ।

Comment


Related News

Latest News

Trending News