अपडेट 
२०७७ पुष २५, शनिबार ०७:२९

विश्वभरमा ६ करोड ३९ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शनिबार बिहानसम्ममा ६ करोड ३९ लाख ५८ हजार चार सय ५९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा आठ करोड ९२ लाख ९० हजार ६ सय ९२ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १९ लाख २० हजार दुई सय ४४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड ३४ लाख ११ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड २४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ३२ लाख २६ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख ७७ हजार ६ सय ४२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड चार लाख ३२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड ५५ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५० हजार आठ सय ३२ जना पुगेको छ । नेपालमा हालसम्म दुई लाख ६४ हजार एक सय ५९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ५७ हजार दुई सय २९ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार नौं सय तीन जनाले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News