२०७७ पुष २५, शनिबार ०७:५४

१२ वर्षअघि ज्यान मार्ने उद्योग घटनामा संलग्न भई फरार रहेका सप्तरीको कंचनरुप नगरपालिका ५ निवासी ३८ वर्षिय गोरिया भन्ने बिरेन्द्र मलाहलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा खटेको प्रहरी टोलीले उनलाई गाउँमै लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । २०६५ असोज ६ गते सोही वडाका दौलत पाण्डे र उनको आफन्तमाथि भएको ज्यान मार्ने उद्योग घटनामा सप्तरी जिल्ला अदालतबाट ५ वर्ष कैद सजाय फैसला सुनाएपछि फरार रहेका मलाहालाई शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ । मलाहालाई अदालतमा उपस्थित गराई कैद सजाय भुक्तान गर्न कारागार पठाउने तयारी भइरहेको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताए । पत्रकार सम्मेलनमा पछिल्लो समय फरार अपराधी पक्राउ गर्न सप्तरी प्रहरीले चलाएको अभियान र मिलेको सफलता बारे विवरण समेटिएको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । तथ्याङ्क अनुसार साउन १ गतेदेखि पुस २४ सम्मको ६ महिने अवधीमा विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका ३ सय ९७ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरि अदालतमा बुझाएको छ ।

यसरी पक्राउ परेका अपराधीबाट जरिवाना वापत १० लाख ९८ हजार ३ सय २५ रुँपैया असुली भएको तथा उनीहरुको ६० वर्ष ९ महिना २२ दिन कैद भुक्तान बाँकी रहेको प्रहरी उपरिक्षक धमलाले बताए । पत्रकार सम्मेलनमा डिएसपी भुवनेश्वर साहले यस अवधीमा जिल्ला प्रहरी कार्यालय मातहतमा रहेको इलाका प्रहरी कार्यालय कल्याणपुर, कडोरबोना र कंचनपुर गरि ४ सय ३७ मुद्दा दर्ता भएको जानकारी दिए । यसै अवधीमा भन्सार छलि अवैध रुपमा भित्राइएका २ करोड १२ लाख ८२ हजार ८ सय ७४ रुपैयाँ मुल्य बराबरको तीन थान पिकअप, ८२ थान मोटरसाइकल, ८ थान अटोरिक्सा, ५ थान ट्रयाक्टर र दुई थान टेम्पु जफत गरि भन्सार कार्यालयमा बुझाइएको डिएसपी साहले जानकारी दिए । पछिल्लो समय फरार अपराधी पक्राउ गर्न तथा सीमानाका क्षेत्रमा अवैध कारोबार रोक्न प्रहरीले अक्रामक अभियान चलाएपछि एकपछि अर्को सफलता मिल्दै गएको डिएसपी साहको भनाई छ ।

Comment


Related News

Latest News

Trending News