जनकपुरधाम उप–महानगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
जनकपुरधामका विद्यालयहरुमा निजी भन्दा बढी सुविधा सम्पन्न भएकै कारण विद्यार्थीहरुको संख्या बढ्दै गएको अभिभावकहरु बताउँछन् । शुक्रवार जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साह, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार खड्का, शिक्षा महाशाखाका अधिकृत अंजु पाण्डेले ज्ञानकुप मावि र गोगलप्रसाद उच्च माविमा गरेको अनुगमनको क्रममा विद्यार्थी संख्या बढ्नेको पाइएको छ । गोगलप्रसाद उच्चमावि बसहिया र ज्ञानकुपमा विद्यार्थीको संख्याले गर्दा वर्तमान भौतिक संरचनाले अपुग भएको र सेक्न पनि डिभाइड गर्नुपर्ने आवश्यक्ता रहेको देखिएको छ । कक्षा कोठाको क्षमता भन्दा बढी विद्यार्थी संख्या र सेक्सन डिभिजनले पनि कक्षाकोठाको अभाव रहेको शिक्षा महाशाखाका अधिकृत पाण्डेले बताइन ।
उनले भनिन–‘हेडसरहरुको गुनासो थियो तर, आज हामीहरु आएर हेर् यौ बास्तवमा विद्यार्थी संख्या बढेको र कक्षा कोठाको अभाव देखेको छु ।’जनकपुरधाम उप– महानगरपालिकामा रहेको अधिकांश सामुदायिक विद्यालयहरुमा निजी भन्दा राम्रो भौतिक पूर्वाधार, दिवा खाजा, दलित र मुस्लिम छात्राहरुलाई साइकल वितरण गरिएको छ । जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साहले निजी विद्यालयहरुमा अभिभावक ठगिने गरेको बताए । उनले भने–‘म हेरिएको संख्याले पनि संतुष्ट छैनौं, जव सम्म यस बसहिया वडावाट निजी विद्यालयहरुको बस बन्द गरिदैन तव सम्म म संतुष्ट हुँदिन् ।’ उनले सरकारी सेवा सुविधामा बालबालिकालाई पठन पाठन गराउनुको सट्टा निजी विद्यालयमा विदेशको ४५ डिग्रिको टेम्परेचरमा कमाएको रकम लुटाउने गरेको बताए । निजी विद्यालयको रटान लगाउनेहरु आज हाम्रो सामुदायिक विद्यालयमा आएर हेरेर, बसेर यहाँको पठन पाठनको अवलोकन गरेर बालबालिकालाई विद्यालयमा भर्ना गराउनकालागि उनले आग्रह गरेका थिए ।
बालबालिकाको भविष्य पैसाले नभई उच्च शिक्षाकालागि सामुदायिक विद्यालयमा नामांकन गराउन आउनकालागि उनले अभिभावकहरु संग आग्रह गरे । निजी विद्यालयको तुलनामा आज हाम्रो सामुदायिक विद्यालय उच्च स्तरीय शिक्षा दिनकोलागि तयार रहेको र हरेक अभिभावकलाई सामुदायिक विद्यालयमा बालबालिकालाई नामांकन गराउन आग्रह गरेका थिए ।



