अपडेट 
२०७७ पुष २५, शनिबार १६:०४

नेपालमा शनिबार थप ३६२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु हुँदा हालसम्म नेपालमा १९ सय १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ६९९ कोरोना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा २ लाख ५७ हजार ९२८ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल नेपालमा चार हजार ६ सय ८१ जना आइशोलेशनमा छन् भने २६२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा १९ लाख ७४ लाख ५६१ वटा पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News