अपडेट 
२०७७ पुष २६, आईतवार ०८:०४

सप्तरी । छिन्नमस्ता गाउँपालिका–५ स्थित लोखरम टोलमा आगलागीमा हुँदा गाईगोठसहित तीन घर जलेर नष्ट भएका छन् । शनिबार स्थानीय राजदेव सुतिहारको गाईगोठमा लागेको आगोले उहाँको गाईगोठ पूर्ण रुपमा जलेको छ ।

अचानक लागेको आगोले सुतिहारको गाईगोठका साथै छिमेकी गोसाईं सुतिहार र कृष्णा सुतिहारको एक/ एक घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट नगदजिन्सी, खाद्यन्न, लताकपडालगायत १५ लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको पीडितको भनाइ छ । यस्तै सोही आगलागीमा परि सात वटा पशुचौपाया जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

आगोलाई राजविराज नगरपालिकाको बारुणयन्त्र, सशस्त्र र नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

Comment


Related News

Latest News

Trending News